खेलकुदगृहपृष्ठ खेलकुद अमरगढी टि-20 क्रिकेट प्रतियोगिताको उपाधी परशुराम लाई अमरगढी टि-20 क्रिकेट प्रतियोगिताको उपाधी परशुराम लाई
डडेल्धुरा । डडेल्धुरामा जारी अमरगढी टि–२० क्रिकेट प्रतियोगिताको उपाधी परशुराम नगरपालीकाले जितेको छ । जिल्लाको अमगगढी नगरपालिका वडा नम्बर ४ स्थित टुँडिखेलको खेलमैदान मा असोज१९ गते देखि शुरु भएको प्रतियोगिताको वुधबार सम्पन्न फाईनल खेलमा आयोजक खलंगा ११ लाई ६० रनले पराजित गर्दै परशुराम नगरपालिकाले उपाधी हात पारेको हो ।
सर्वाधिक धनराशिको प्रतियोगितामा परशुरामले नगद १ लाख ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिएको सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुले वताए
परशुराम नगरपालिकाले पहिले ब्याटिंग गर्दै १५ ओभर खेलेर ७ विकेट गुमाउदै २२२ रन बनाएको थियो भने आयोजक खलंगाा ११ ले १५ ओभरमा ५ विकेट गुमाउदै जम्मा १६२ रनमा सिमित भएको थियो।
प्रतियोगितामा उपविजेता अमरगढी ११ ले नगद ५० हजार,ट्रफि,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदश्य डा.तारा जोशीले उद्घाटन गरेका थिए भने समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास राज्य मन्त्रि सरस्वती खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न तथा प्रमाणपत्र र पुरस्कार वितरण भएको हो ।
प्रतियोगितामा ११ वटा टिमको सहभागिता थियो ।