तुलसीपुर । दाङमा हुरीसहितको वर्षाले घर भत्कँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्कँदा तुलसीपर उपमहानगरपालिका–१२, रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमती भने भाग्न सफल भएकाले सकुशल रहेको नायब उपरीक्षक पोखरेलले जानकारी दिए छन ।