डडेल्धुरामा टिपर दुर्घटना,२२ वर्षीय केशवको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

हिजो  (शनिबार)  साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो ।

भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा ०१००४ क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनापछि टिपरका चालक फरार रहेका छन ।

Loading...