पाइजामाभित्र आधा किलो बढी सुन भेटियो

काठमाडौं : भारतको मुम्बईबाट आज काठमाडौं आएका एक जना हवाई यात्रुले लगाएको ट्राउजर (पाइजामा) भित्र आधा किलोग्राम भन्दा बढी सुन फेला परेको छ ।

इण्डिगो एअरको उडान नम्बर ६ इ ११५७ मा दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका गुल्सन पाण्डेले पाइजामाको भित्री भागमा लेपन गरिएको ५९८ ग्राम सुन फेला परेको बताइएको छ ।

विमानस्थलको अध्यागमन कार्यालयमा भारतीय मतदाता कार्ड नम्बर आरआइएन ३२२२४७ देखाएका उनले पाइजामाको भित्री भागमा सुनको लेप लगाएको पाइएको हो ।

विमानस्थलबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले सुनसहित फेला पारेको हो ।

आवश्यक अनुसन्धान र कारबाहीको निम्ति पाण्डेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

Loading...