धनगढीमा मोटरसाइकको ठक्करबाट घाइते महिलाको मृत्यु

धनगढी। धनगढीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१४ मा कात्तिक ८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी ५० वर्षीय यशोदा रानाको शुक्रवार बिहान मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनगढीले लुम्बिनी प्रदेश ०१–००२ प २५६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी रानाको शुक्रवार बिहान ५ः२० बजे निर्सग अस्पतालमा मृत्यु भएको बताएको छ ।

दुर्घटनापछि कैलाली अस्पतालमा भर्ना गरिएकी धनगढी–१५ की रानालाई मङ्गलवार निसर्ग अस्पताल लगिएको थियो। उनलाई ठक्कर दिने मोटरसाइकल र चालक फूलबारीका पूर्णबहादुर लिम्बुलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Loading...