डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध बडाल जाँत आज धुमधामकासाथ मनाइँएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडाल स्थित बडाल मेला अर्थात जाँतको आज दिउसेडी मेला लागेको हो ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडाल स्थित बडाल मेला अर्थात जाँतको दर्शन सहित पुँजा आँजा गर्न एक साता लामो बसाईका लागि गृह जिल्ला पुगेका पुर्ब प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आफ्नो गृह पालिकामा लागेका बडाल जाँतमा पुजा आजा गरेका छन । बडाल जाातमा लाटागन्याप मन्दिरमा दर्शन सहित पुँजा आँजा गरेका हुन । दर्शन गरेपछि सभापति देउवा डडेल्धुरा जिल्ला सदरमुकाम फर्किएका छन ।
लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।
शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई गरिन्छ ।
प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ । कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको स्थानीयको भनाई छ ।
ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ ।
मेला भर्नका लागि जिल्लाका साथै छिमेकी जिल्ला डोटी र बैतडीबाट समेत मेला भर्नका लागि मानिसहरु आउँने गरेका छन । यस्तै दुई बर्ष पछि गृह जिल्ला आएका देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको छ ।