महिला नै पहिला’ भन्दै अनुपम यात्रा

डडेल्धुरा  । अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा सुरु भएको देशव्यापी महिलावादी अनुपम अभियानको अवसरमा डडेल्धुरा सदरमुकाममा बाजागाजाका साथ प्रभातफेरी गरिएको छ ।

न्यायीक र समतामुलक समाज बनाउन टेवा पु¥याउने, पछाडी पारिएका समुदाय र महिलाहश्रकका आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमीकामा पु¥याउने र आत्मसम्मान एवं आत्मनिर्भता बढाउने उद्धेश्यकासाथ सुरु गरिएको अनुपम अभियानले आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यअनुसार सुरु भएको कार्यक्रममा अधिकारकर्मीले बताएका छन ।

२०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ । खास गरी यो अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ र जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ । राज्यका सबै तहमा महिलाको समतामूलक र प्रतिनिधि सहभागिता अनिवार्य बनाउने र आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अधिकारकर्मीहरको भनाई छ ।

Loading...