काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।
यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार सात ६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो ।