सांसद प्रेम आलेले पाए हिन्दु रत्न अवार्ड

डोटिबाट प्रतिनिधिसभा सभा सदस्य सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले हिन्दु रत्न अवार्ड पाएका छन ।
विश्व हिन्दु महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई उक्त अवार्ड प्रदान गरेको हो ।
आलेलाई उक्त समारोहमा हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका थिए ।
महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

Loading...