मनकारी दिपक बि.के.ले गरे विद्यार्थीहरूलाई ऊनको टोपी सहयोग

धनगढी । हाल दक्षिण कोरियामा बस्दै आएका सुदूरपश्चिम प्रदेश कैलाली, धनगढी उप–महानगरपालिका वडा नं. १२ फूलबारी एफगाउँ, घर भएका दिपक बि.के.ले श्री नवदुर्गा आधारभूत विद्यालय बिगाउँ, जनकबस्ती, जुगेडा, कैलालीका संपूर्ण विद्यार्थीहरूलाई हिउदको चिसोबाट जोगिन बिकेले ऊनका टोपीहरू सहयोग गरेका छन ।

उनले विद्यार्थीहरूलाई हिउदको चिसोबाट बच्न गरेर उच्च मानवीय सेवा

गर्नुभएको भनेर विद्यालयका शिक्षक गणेशबहादुर नेपालीले धन्यावाद दिनु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक नृपबहादुर ठकुल्लाले निलो रंगका टोपीहरू विद्यार्थीहरूलाई लगाइ दिदै मनकारी व्यक्तित्व दिपक बि.के.लाई धन्यवाद सगै कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

 

टोपी वितरण कार्यक्रममा विद्यालयका शिक्षकहरू सत्यदेवी स्नेही, देवी जोशी भडारी र सीसा थापा भण्डारी पनि सहभागी हुनुहुन्थ्यो ।

Loading...