संत निरंकारी मण्डल नेपालद्वारा अछामको जयगढ आगलागी पिडितलाई १ लाख १ हजार सहयोग

अछाम । अछामको   बान्नीगढी जयगढ गाउँपालिको जयगढ बजारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई राहतस्वरूप संत निरंकारी मण्डल नेपालले आर्थिक सहयोग गरेको छ ।

मण्डलले १ लाख १ हजार रुपैयाँ (रु. १,०१,०००) नगद सहयोग  गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई हस्तान्तरण गरेको हो ।

आर्थिक सहयाेग कार्यक्रममा संत निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहयोग रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष साउँदले संत निरंकारी मण्डल नेपालप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय सहयोगले संकटमा परेकाहरुलाई राहत मिल्ने बताए । अध्यक्ष साउदले संत निरंकारी मण्डल नेपालले आगलागी पिडितहरुलाई सबै भन्दा पहिला सहयाेग गरेकाे भन्दै मण्डललाई धन्यवाद दिएका छन ।

आगलागीबाट प्रभावित परिवार अहिले अस्थायी आवासमा बस्दै आएका छन् । स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूबाट राहत तथा पुनःस्थापना सहयोगको पहल भइरहेको छ।

Loading...