दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण

डडेल्धुरा : चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं भारतको आसाम राज्यमा आत्मसमर्पण गरेका छन ।

प्रसाई प्रहरी सम्पर्कमा पुगेको परिवारले पुष्टि गरे पनि उनी पक्राउ नभई स्वयं सुरक्षाका लागि आत्मसमर्पण गरेको दाबी गरिएको छ ।

प्रहरीले उनी भारत भागेको सुराकी पाएपछि निगरानी बढाउँदै लोकेसन पत्ता लगाएको थियो ।
प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ ।

उनीसँगै भागेका सहयोगीहरू भने आफैँ नेपाल फर्कंदै छन । तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने ठूलो तोडफोड, आगजनी र लुटपाट भएको थियो । फरार भएपछिसमेत प्रसाईले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेका थिए ।

Loading...