डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा जिल्लाकै प्रसिद्ध मानिने घटाल बाबा को मेला नया बर्षको आगमन सगै बैशाष २ गते का दिन भब्येरुपमा सम्पन्न भएको छ ।
मानवीय इच्छा तथा खरेडी परेका वेलामा पानी दिने देवताको रुपमा चिनिने
घटाल बाबा को मेला हेर्न सुदुरपश्चिमका लगाएत भारतका उतराखन्डबाट दर्शन गर्न श्रद्धालुभक्तजन हरुको घुईचो लाग्ने गर्दछ । डडेल्धुरा जिल्लाकै प्रसिद्ध शक्ति शालीका रुपमा चिनिने घटाल बाबाको दर्शन गर्न कामका लागी जिल्ला बाहिर गएका लगाएत देश बिदेशमा गएका हरु पनि घटाल बाबाको मेला हेर्न आउने गर्दछन । घटाल बाबाको दर्शन गर्दा मनले सोचेको पुराहुने हुदा नेपालमा रहेका यस्ता शक्तिपिट हरुलेनै देशलाई सहिबाटो तर्फ लैजाओ भन्ने बिश्वासका साथ घटाल बाबाको दर्शन गर्न आएको प्रतिनिधि सभा सदस्य दिपक सिहको भनाई रहेको छ ।

घाटाल देवताको शक्तिले निःसन्तानलाई सन्तान खरेडि परेका बेला पानी दिने र समस्या परेको व्यक्तिलाई शक्ति दिने भएकाले भक्तजनहरुको आस्था घटाल देवताप्रति अहिलेसम्म पनि कम हुन सकेको छैन । मेलामा देवताको प्रभाब पार्न शक्ति लाई प्रदर्शन गर्नका लागी धामीहरुले बालुवा मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन । धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती रहेको स्थानीय रुपमा प्रचलित छ ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।
घटालथान धार्मिक शक्ति पिठसँगै रमाइला दृष्य र ऐतिहासिक जीवित संरचनाहरू पनि रहेकाछन । घटाल देवताको शक्तिले निःसन्तानलाई सन्तान र समस्या परेको व्यक्तिलाई शक्ति दिने भएकाले भक्तजनहरुको आस्था घटाल देवताप्रति अहिलेसम्म पनि कम हुन सकेको छैन ।