दाङमा रेडक्रसका पूर्वअध्यक्षले आफैंलाई चलाए गोली

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–मोतीपुरका नारायण आचार्यले घरमै लाइसेन्स प्राप्त बन्दुकबाट आफैंमाथि गोली हानेर ज्यान गुमाएका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी जनार्दन जीसीका अनुसार, गोली लागेर आचार्यको मृत्यु भएको पुष्टि भएको छ ।

रेडक्रस दाङका पूर्वअध्यक्ष आचार्यले किन यस्तो कदम उठाए भन्ने स्पष्ट भइसकेको छैन । प्रहरीलाई गोली चलेको खबर आज दिउँसो साढे ३ बजे प्राप्त भएको थियो ।

त्यसपछि डीएसपीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...