डडेल्धुरामा राप्रपाले नवीन समझदारीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुझायो ज्ञापन पत्र

डडेल्धुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले का प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने केन्द्रीय कार्यक्रम अनुसार राप्रपा डडेल्धुराको आयोजनामा ज्ञापनपत्र बुझाइएको हो ।

 

 

डडेल्धुरा जिल्लाका राप्रपा अध्यक्ष राजेन्द्र भन्डारीको नेतृत्वमा जिल्ला स्थथित नेता कार्यक्रताहरको उपस्थितिमा पार्टी कार्यलयमा भेला भई विभिन्न नारा लगाउँदै र्यालीसहित सहभागीहरुले ‘गणतन्त्र मुर्दावाद,भ्रष्ट सरकार मुर्दावाद ,तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर , राजतन्त्र जिन्दावाद , हिन्दुराष्ट्र कायम गर,आस्थाका बन्दी रिहा गर , संघीयता खारेज गर , सरकारको घुसपैठ बन्द गर’ जस्ता नारा लगाउदै डडेल्धुरा जिल्ला प्रसासन पुगेका थिए । जिल्ला प्रसासन पुगि प्रमुख अधिकारी चोमेन्द्र न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी न्यौपानेले ज्ञापनपत्र आजै प्रधानमन्त्रीलाई पठाई दिने बताएका थिए ।

 

 

ज्ञापनपत्रमा  तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना शर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा ज्ञापनपत्र बुझाइएको थियो ।

 

Loading...