सन्त निरंकारी मण्डल शखा डडेल्धुराद्वारा रक्तदान कार्यक्रम सम्पन्न

डडेल्धुरा । रगत नालीमा होइन नाडीमा बगाऔं’ भन्ने मूल नाराका साथ सन्त निरंकारी मण्डल शाखा डडेल्धुराकाे आयोजनामा सनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल शाखा डडेल्धुराकाे आयाेजनामा भएको रक्तदान कार्यक्रममा सन्त निरंकारी मिसनका सेवादल महापुरुष लगाएत अन्या संन्त महापुरुषहरुले रक्तदान गरेका छन ।

सन्त निरंकारी मण्डलले हरेक वर्ष ‘मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रम सम्पन्न भए पछि सतसंग सुरु भएकाे थियाे । शनिबार हुने बृहत सत्संगत कार्यक्रमको पूर्वसन्ध्यामा गरिएको संगत कार्यक्रममा ईस्टेज डियुटि दिपायलका संगत ईन्चार्ज कैलाश बागचनकाे रहेकाे थियाे भने । संचालन बिकाश जैरुले गर्नु भएकाे थियाे ।
यस्तै रक्तदान शिविरमा गरियाकाे रगत नेपाल रेडक्रस साेसाईटी डडेल्धुरामा रहेकाे छ ।

सन्त निरंकारी मण्डलका तृतीय सदगुरु गुरुवचन सिंह जी महाराजको सन १९८० अप्रैल २४ का दिन दिल्लीस्थित आफ्नै निवासमा उग्रवादीहरुले हत्या गरेपछि उहाँको सम्झनामा यो कार्यक्रम मनाइदै आएको हो ।

सो हत्याकाण्डमा एकदर्जन भन्दा बढी निरंकारीहरुको हत्या भएको थियो । उहाँहरुको रगत त्यतिकै खेर गएको भन्दै वर्तमान सदगुरु हरदेवसिंह जी महाराजले अब रगत नालीमा होइन मानिसको नाडीमा रगत बगाउनु पर्छ भन्दै सोही दिनलाई मानव एकता दिवसका रुपमा हरेक वर्ष रक्तदान गर्दै मनाउने गरिएको हो  । नेपालका विभिन्न जिल्लाका साथै विश्वका अनेक मुलुकहरुमा (२४ अपे्रल) का दिन मानव एकता दिवस मनाउनुकाे साथै रक्तदान कार्यक्रम गरिएकाे छ ।

Loading...