डडेल्धुरा : ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा गन्यापधुरा गाउँपालिकामा निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह र पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले भवनको उद्घाटन गरेका हुन ।
अध्यक्ष कार्कीले केन्द्रको सञ्चालनमार्फत स्थानीय किसानहरूले प्रत्यक्ष लाभ लिन सक्ने र पशुपालन तथा कृषि उत्पादनमा वैज्ञानिक विधिको प्रयोग बढ्ने विश्वास व्यक्त गरे। भवनले गन्यापधुरा क्षेत्रका कृषक तथा पशुपालकहरूलाई सेवा प्रवाहमा सहजता पुर्याउने अपेक्षा गरिएको उनले बताए ।