सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ११ गते बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको बैठक आउँदो जेठ ११ गते ११ बजे बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा सभा आह्वान गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले बैठकको निर्णय बारे जानकारी दिदै भने जेठ ११ गतेका लागि प्रदेश सभा आह्वान गर्ने बताए । उनले भने, मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी बैठक जेठ ११ गते बस्नेछ ।

नयाँ अधिवेशनमा बजेट सत्रका लागि तयारी तथा नीति कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

Loading...