विवाह खर्च कटाएर पशुहरूको लागि उद्धार केन्द्र स्थापना

धनगढी। धनगढी उपमहानगरपालिका–५ मा बेवारिसे कुकुर र चराहरूको उद्धारका लागि एक विशेष पशु आश्रय केन्द्र (एनिमल सेल्टर) स्थापना गरिएको छ । यो मानवीय कदम वडाध्यक्ष गजेन्द्र शाहीको पहलमा सम्भव भएको हो ।

वडाध्यक्ष शाहीले आफ्नै विवाहको खर्च कटाएर यो उद्धार केन्द्र निर्माण गरेका हुन। उनका अनुसार उक्त केन्द्रमा बेवारिसे कुकुरहरूको लागि खानपान, छाना, उपचार तथा आवश्यक सेवा सुविधाको व्यवस्था गरिएको छ ।

उनले भने, ‘कुकुर केवल जनावर होइन, यो इमानदार र धार्मिक रूपमा पनि महत्वपूर्ण जीव हो । तिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।’

यस पशु केन्द्रमा कुकुर मात्र होइन, चराहरूका लागि समेत सुरक्षित आश्रयस्थल बनाइएको छ, जसले जीवप्रेम र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

 

Loading...