नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन: प्रचण्ड

  डडेल्धुरा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेल्धुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन ।

‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो ।

पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’

Loading...