धनगढी। कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादशहरा मेला सञ्चालन हुने भएको छ ।
रामपुरस्थित बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादहरा मेला सुरु हुने भएपछि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडान लगायतको तयारी गरेको छ ।
गंगादशहरा मेलामा भक्तजनहरुको सहजताका लागि सडक बत्ती जडान गरिएको हो। धनगढी उपमहानगरपालिका–७, देवहरीयादेखि बेहडाबाबा मन्दिरसम्म सडक बत्ती जडान गरिएको छ। सडकसमेत मर्मत गरिएको छ । कालोपत्र गर्न बाँकी रहेको सडकमा धनगढी उपमहानगरपालिकाले मर्मत गरेको हो ।
धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिरमा पूजाका लागि भारतबाटसमेत भत्तजनहरू आउने गरेका छन । उनीहरूले उत्पादन गरेको अन्नसमेत बेहडाबाबामा दान गर्दै आएका छन्। परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ ।
शिव लिंगको उचाइ अहिले करिब सात फिट छ। श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन ।