डडेल्धुराको श्री अर्जुनबाण गणबाट १०१ सिपाही दिक्षीत

डडेल्धुरा स्थित नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । अमरगढी नगरपालिका–१ स्थित दह व्यारेकमा नौं महिना तालिम पूरा गरेपछि १०१ जाना सिपाही दिक्षीत भएका छन ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–१ मा रहेको नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सैन्य आधार तालिम एक कार्यक्रमबीच सम्पन्न भएको छ । तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथिले पुरस्कर समेत वितरण गरेका थिए । यस्तै दिक्षान्त समारोहमा उपस्थित भएका सैन्यहरूका आफन्तको उपस्थित रहेको थियो । सैन्य आधारभूत तालिम सम्पन्न भएपछि सिपाहीका अभिभावकहरु खुसीका आँसु झार्दै फूलमाला, खाँदा र अविरलगाउँदै खानेकुरा खुवाउदै खुसी भईरहेका थिए ।

दिक्षान्त समारोहका प्रमुख अतिथि सुदुरपश्चिम श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी माधब थापाज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सहायक रथी माधब थाताज्युले तालिम सफलता पूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिमका टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण सलामी ग्रहण समेत गरेका थिए ।

तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथि माधब थापा पुरस्कर समेत वितरण गरेका थिए । सिपाही बलियो भए, सेना बलियो हुन्छ ,सेना बलियो भए देश बलियो हुने कुरामा सबै बफादार हुनुपर्छ भन्दै सपाहीको काम कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहन सुदुरपश्चिम श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी माधब थापाज्युले निर्देशन पनि दिनुभएको छ ।

श्री अर्जुनबाण गण दह व्यारेकमा २०८१÷४÷९ गते बाट सैन्य आधारभुत तालिम सुरु भएको थियो । नौं महिने समयाबधीको सैन्य आधारभुत तालिम पूरा गरेका सिपाहीहरु अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खटाइने श्री अर्जुनबाण गणका गणपती उज्जल थापाले जानकारी दिए ।

 

Loading...