धनगढी । धनगढी स्थित स्वस्तिक अस्पतालले चार जना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ । न्युन आय स्तर भएका चार जना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।

जिल्लाको कैलारी गाउँपालिकामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा समस्या देखिएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरेको हो । गत शनिबार कैलारी गाउँपालिका १ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीहरु मध्ये आर्थिक अवस्था कमजोर भएका तिन जनाको निशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा।राजिब चौधरीले कैलारी गाउँपालिकाका ६५ बर्षिय खुशीराम डगौरा, सोही ठाउँका लिला राज भट्टराइ, प्रकाश चौधरी र ३ बर्षिय रियान्स चौधरीकोे हर्निया र हाइड्रोसिलको निशुल्क शल्यक्रिया गरेको हो ।
गाउँमै निशुल्क शिविर सगैं निशुल्क शल्यक्रिया भएपछि बिरामी तथा आफन्तहरु खुशी छन् । उनिहरुले निशुल्क शल्यक्रिया सगैं बेड चार्ज समेत तिर्नु परेन । आर्थिक अभावमा उपचार सेवा नपाएकाहरु लाई अस्पतालले निशुल्क शिविर सगैं निशुल्क शल्यक्रिया समेत गरेपछि सेवाग्राहि पनि खुशी भएका थिए ।
दिपेन्द्र स्कुलमा स्वस्तिक अस्पतालमा निशुल्क शिविर गएको थियो त्यहाँ
आफनो श्रीमानको निशुल्क हर्नियाको शल्यक्रिया गराएका प्रकाश चौधरीकी श्रीमती भजारीदेवी चौधरीले बताईन ।
उनले श्रीमानलाई समस्या थियो, गाउँमा शिविर आएको थाहा पाएपछि त्यहाँ चेकजाँच गरायौँ र डक्टरले अप्रेसन गनुपर्ने भन्नु भयो उहाँकै सल्लाहमा अस्पताल आए र अप्रेसन अनी बेडको शुल्क लागेन, सिमित रकममा श्रीमानको उपचार गर्न पाए खुशी लागेको छ, अस्पताल र डक्टर सापलाई उनले धेरै धन्यवाद दिएकी छन ।”
यस्तै हर्नियाको निशुल्क शल्यक्रिया सेवा पाएका खुशीराम डगौराले हाल स्वास्थ्यमा धेरै सुधार भएको बताए । अस्पतालले गाउँमै स्वास्थ्य शिविर सगैं निशुल्क शल्यक्रिया गरिदिएको भन्दै उनी खुसी भएका थिए।