पहिरोले पुरानो घर छाडे, अहिले नयाँ घरमै बगे बुढाबुढी

 पोखरा । पोहोर यही बेला पहिरोले पुरानो घरमा क्षति पुर्‍याएपछि पर्वत मोदी गाउँपालिका-३ का छविलाल विश्वकर्मा दम्पती केही कान्लामुनि रहेको छोरोको घरमा सरेका थिए ।

यसपालि विश्वकर्मा दम्पती सुतेकै अवस्थामा पहिरोमा पुरिएका छन । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा पुरिएका हुन ।

पहिरोमा पुरिएका विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले  जानकारी दिए ।

पोहोर साल यही समय ढिस्को खसेर पुरानो घरमा क्षति पुगेपछि उनीहरू छोराले बनाएको नयाँ घरमा सरेका थिए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए अनुसार आइतबार बिहानै खसेको पहिरोले बुढाबुढीलाई पुरेको हो भने बुहारीले भागेर ज्यान बचाएकी छन ।

आफन्त गुमाएपछि बुहारी पनि विक्षिप्त बनेकी छन । उनको श्रीमान वैदेशिक रोजगारमा छन भने छोराछोरी बजारमा बसेर पढिरहेका छन् । ‘घर पछाडिको भूगोल हेर्दा तत्काल पहिरोले बगाउने जस्तो थिएन । तर, गहिरिएर पहिरो आएपछि बुढाबुढी सुतेकै अवस्थामा पुरिएछन । घरभन्दा माथि करिब १५ मिटर अग्लो ठाउँबाट गहिरिएर पहिरो खसेको थियो ।

Loading...