१९ बर्ष देखी कन्टेनररमा जिल्ला ट्राफिक प्रहरी कार्यालय

डडेल्धुरा ।  डडेल्धुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराा बिगत १९ बर्ष देखी कन्टेनरबाटै संचालनमा रहेको छ । जिल्लामा ट्राफिक प्रहरी कार्यालय स्थायी रुपमा स्थापना भएको १९ बर्ष बिति सक्दा सम्म पनि आफ्नो भवन नहुदा सडक छेउमा राखिएको कन्टेनरबाटै संचालन गर्नु परेको हो ।

तत्कालिन समयमा सडक कालोपत्रे गर्ने निर्माण कम्पनीले सडक छेउमा राखेर छोडेको कन्टेनरमा कार्यालय संचालन भईरहेको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी भने भाडाको घरमा बस्दै आईरहेका छन । आफ्नै वा भाडाको भवन समेत नहुँदा कन्टेनरमा सेवा संचालन गर्दा कामकारवाही गर्नमा समस्या भईरहेको ट्राफिक प्रहरीले बताएका छन ।

कन्टेनरमा कार्यालय संचालन गर्दा काम गर्नका लागि समस्या हुनुका साथै कागजात हराउँन सक्ने  जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख हर्कबहादुर साउँदले बताउँनु भयो ।

भवनको अभावमा कार्यालयमा जडान गर्नका लागि आवश्यक पर्ने सामग्री समेत राख्न नसकेको ट्राफिक प्रहरीले गुनासो गरेका छन । सुदुरपश्चिम प्रदेशका सातवटै पहाडि जिल्लाको प्रमुख राजमार्गका रुपमा रहेको मिभदत्त राजमार्गमा यातायातका सवारी साधनको चाप बढी हुने गरेको भएपनि काम कारवाही संचालनका लागि कार्यालयको भवन नहुदा समस्या हुने गरेको छ ।

 

Loading...