अमरसिंह थापाको २१० औं स्मृति दिवसमा सेना द्धारा सलामी

डडेल्धुरा । डडेल्धुरामा आज अमर सिह थापाकाे २१०औं स्मृति दिवस मनाईएको छ । डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढि किल्लामा श्री अर्जुनबाण गण दहब्यारेक द्धारा सलामी सहित फुलमाला चडाई स्मृति दिवस मनाएको हो ।

नेपाल राष्ट्र एकीकरण गर्न, जोगाउन, संरक्षण गर्न, विखण्डनबाट रोक्न, राजा, सरकार र जनता सबैले प्रयास गरेको कुरा इतिहास साक्षी छ । पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा पु¥याउन नेपाली वीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएको हो । यस्ता योगदान गर्ने व्यक्ति विरलै पाइन्छन । ती व्यक्तिहरूमध्ये बडाकाजी अमरसिंह थापा पनि एक निर्भीक योद्धा हुन । उनको जन्म पिता उमराव बाघ भीमसिंह थापा र माता उमादेवी थापाको माहिलो छोराका रूपमा विसं । १८०८ साल साउन १२ गते गोरखा जिल्लामा भएको थियो ।

देशका विभिन्न जिल्लामा किल्ला, गढीमा राखिएका देवताका मन्दिरको ठूलो महत्व छ । उनले मन्दिर, मठ, पाटी, पौवा, किल्ला, गढी आदि बनाई इतिहास तयार गरेको पाएका छ । देश जोगाएर, वीरताको काम गरेकोले नै तत्कालीन नेपाल सरकारले राष्ट्रिय विभूतिजस्तो सम्मानित पदमा उनलाई राखेको हो । अमरसिंह थापाले आपूmलाई इमानदार, कुशल, साहसी, निर्भीक योद्धा, वीर पुरुषको रूपमा नेपालको मात्र नभई विश्व सामु स्थापित गराएका छन । म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्दै बडाकाजी अमरसिंह थापाले डटेर युद्ध गरे हुन । नेपाल राष्ट्र एकीकरण गर्न बडाकाजी अमरसिंह थापाको अमुल्य योगदानको कदर गर्दै श्री अर्जुनबाण गण दहब्यारेकले सम्मान सहित सलामी फुलमाला कार्यक्रम गर्दै आईरहेको श्री अर्जुनबाण गण दहब्यारीकका गणपति प्रमुख सेनानी उज्जवल थापाले बताउनुु भयो ।

नेपालको एकीकरणमा योगदान पश्चिम नेपालका जुम्ला, डोटी, कुमाउँ, गढवाल, देहरादुन, श्रीनगर तथा कांगडालाई नेपालमा गाभ्ने काममा नेतृत्व गरे उक्त कामका लागि डडेल्धुरा जिल्लामा भूगोलिय दृष्टिले उच्च र मजबुत किल्ला बनाएका थिए । जसलाई अङ्ग्रेजले पार गर्न असफल भए । त्यस किल्लाबाट सारा पश्चिम क्षेत्रको विजय हुँदै गयो । अमर सिह थापाको अदम्य साहस र वीरत्वले नेपालीहरूको गौरव बढाएको छ । अमरगढी किल्लाको विकासलाई जोड दिँदै यो किल्लालाई एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल र युद्ध कलाको अध्ययन केन्द्रको रूपमा विकास गर्ने सरकारको योजना रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बताउनु भएको छ ।

इतिहास आफैं बन्दैन, राष्ट्रिय विभूति कसैले त्यसै बनाउँदैन, वीरता, इमानदारिता, देश र जनताप्रतिको विश्वासिलो, देशवासी सन्तति, समाजको गौरवान्वित हुने काम गरेको देशका भावी सरकारलाई विश्वास र भरोसा लागेर इतिहासको जगेर्ना गर्नु नै राष्ट्रिय विभूतिको नाम दिनु हो । अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि.स. १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो । जिल्लाकै मुख्य पर्यटकीय स्थालको रुपमा रहेको अमरगढी किल्लाको दिनप्रति दिन जिर्ण बन्दै गइरहेको हुदा अब अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यसको मास्टर प्लान अनुसार विकास भइरहेको छ । यो काम सम्पन्न भएपछि किल्लाले पर्यटकहरूलाई आकर्षित गर्नुका साथै यो ऐतिहासिक महत्त्वको अध्ययन केन्द्र पनि बन्नेछ । यस कार्यमा अमरगढी नगरपालिका, नेपाली सेना र किल्ला व्यवस्थापन समितिले मिलेर काम गरिरहेको अमरगढी किल्ला संरक्षण समितिका अध्यक्ष प्रबिन जैरुको भनाई छ ।

समुन्द्र सतहबाट करिब ६ हजार ५०० फिट उचाईमा रहेको डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला रहेको छ । यस्ता किल्ला, गढी, मठ(मन्दिर, देवल,हरुको मर्मत सम्भार गरी संरक्षण मात्र गर्ने हो भने जिल्लामा पनि पर्यटकको घुईचो लाग्ने निसितं देखिन्छ ।

 

 

Loading...