डडेल्धुरा । डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको शुक्रबार कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो ।
उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए ।
निकै मिजासिलो व्यवहार भएका उनको मृत्युले साथीभाई तथा आफन्त स्तब्ध भएका छन् ।