डडेल्धुरा,भदौं २ गते । सुदुरपश्चिम प्रदेशकै मुख्य पर्यटकिय स्थालको रुपमा रहेको डडेल्धुरा जिल्लामा रहेको एकमात्र जिबित किल्ला मध्येको अमरगढी किल्ला संरक्षण तथा सम्बद्र्धन अभियानमा नेपाली सेना जुटेको छ । ऐतिहासिक अमरगढी किल्लाको संरक्षण तथा सम्बद्र्धन अन्र्तगत नेपाली सेनाको शीघ्र प्रभाव परियोजना अन्तर्गत अमरगढी किल्लाको सुरुङ मार्ग देखि बाहिर निस्कन र किल्ला परिषरभित्र ढुङगा छाप्ने निर्माण कार्य सम्पन्न गरि अमरगढी नगरपालीका लाई हस्तान्ण गरेको छ ।
नेपालकै एकमात्र जिवित ढुङ्गे किल्लाका रुपमा रहेको डडेल्धुराको अमरगढी किल्लामा नेपाली सेनाले सुरुङ मार्ग देखि बाहिर निस्कन र किल्ला परिषरभित्र ढुङगा छाप्ने परिषरभित्र ढुङगा छाप्ने र किल्लाबाट बाहिर निस्कने सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गरि अमरगढी नगरपालीका लाई हस्तान्ण गरेको हो ।

नेपाली सेनाको शीघ्र प्रभाव योजना अन्तर्गत २५ लाख रुपैयाँ बजेटबाट किल्ला परिषरभित्र ढुङगा छाप्ने र किल्लाबाट बाहिर निस्कने सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गरि सोमबार एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी माधब थापाले अमरगढी नगरपालिकालाई हस्तान्त्ररण गरेका छन । सहायक रथी थापाले अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीलाई प्रमाणपत्र हस्तान्त्ररण गर्दे आगामी दिनमा पनि गढी र किल्लाको सौन्र्दयता र सम्भाबित पर्यटकीय क्षेत्र निर्माणमा साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुभएको छ । उनले बडाकाजी अमरसिह थापाले स्थापना गरेको यो किल्लाको संरक्षण सम्बद्र्धन गर्नु जरुरी रहेको बताउनुहुदै बाहिनीपति थापाले यो बर्षका लागी पनि झण्डै ७० लाख रकम बिनियोजन गरिएकाले के निर्माण गर्ने भन्ने बिषयमा आपसी समन्वय र सहकार्यबाट कामको थालनी गरिने बताउनुभयो । देशभरीका गढी र किल्लाहरु मध्ये जिबित किल्लाका रुपमा अमरगढी किल्ला रहेको हुदा यसलाइ पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सकिएमा अमरगढीको आन्तरिक श्रोत बलियो हुने सुदुरपश्चिम श्री नम्बर २५ बाहिनी अड्ढाका बाहिनीपती सहायक रथी माधब थापाले बताउनुभयो ।
हस्तान्त्ररण कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले नेपाली सेनाको सकृयताका कारण जिर्ण हुदै आएको अमरगढी किल्लाको संरक्षण सम्बद्र्धनमा निकै टेवा पुगेको बताउनुभयो । नेपाली सेना र अमरगढी नगरपालिकाको सहकार्य र समन्वयमा यो किल्लाको संरक्षण सम्बद्र्धन भईरहेकोमा खुसी ब्यक्त गरेका छन । यो किल्लाको ऐतिहासिक भुमिका र महत्व छ यसलाई संरक्षण सम्बद्र्धन गर्नु हाम्रो जिम्मेवारी रहेको बताउनुहुदै नगर प्रमुख जोशीले किल्लाको संरक्षण सम्बद्र्धनका लागी आबश्यक बजेट बिनियोजनका लागी पहल भईरहेको बताएका छन ।
कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सेनाको आर्थिक सहयोगमा सम्पन्न गरिएका संरचनाहरु राम्रा रहेका र आगामी दिनमा पनि आबश्यक भौतिक संरचना निमार्ण हुनेमा आशाबादी रहेको र यसको संरक्षण सम्बद्र्धन गरेर अघि बढ्न सकियो भने पर्यटकीय क्षेत्रको गजतब्य बन्न सक्न प्रमुख जिल्ला अधिकारी गौतमको भनाई थियो ।
सन १८४७ मा गोर्खाली सेनापति अमरसिंह थापाले निर्माण गराएको अमरगढी किल्ला तत्कालीन कुमाउँ युद्ध र नेपाल राज्य विस्तारको ऐतिहासिक एक जिबित दस्ताबेज हो । हाल अमरगढी नगरपालिका ५, खलंगामा अवस्थित यस किल्लालाई पुरानै स्वरूपमा फर्काउने अभियान थालिएको छ । दिनप्रतिदिन जिर्ण बन्दै गईरहेको किल्लाको सुरुङ र किल्ला परिषरभित्र नेपाली सेनाले ढुङगा बिच्छाए पछि स्थानीयले पनि सेनालाई धन्याबाद दिदै खुसि ब्यक्त गरेका छन ।
नेपाली सेनाको अमरगढी नगरपालीका १ दह व्यारेकमा रहेको श्री अर्जुनबाण गणको समन्वयमा निर्माण कार्य अगाडि बढाइएको थियो ।
यस्तै अर्जुबाण गण दह ब्यारेक डडेल्धुराका प्रमुख सेनानी उज्जल थापाले एक बर्षको अबधीमा सुरुङ निर्माण र परिषरभित्र ढुङगा बिच्छाउने कार्य सम्पन्न भएको बताउनुको छ । प्रमुख सेनानी थापाले अहिले सम्मकै गढी र किल्लाहरु मध्ये अमरगढीको महत्व र ऐतिहासिकता भिन्न नै छ यसको संरक्षण सम्र्बद्धनका लागी नेपाली सेना लागीरहेको बताउनु भयो ।