डडेल्धुरा । दशै तिहार जस्ता चाड पर्व शुरु भए संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाई गरेको छ । चाडपर्वका समयमा सार्वजनिक यातायातका सवारी साधनहरु क्षमताभन्दा बढी यात्रु बोक्ने,चालकहरु मापदकपदार्थ सेवनगर्ने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाई गरेको हो ।

दशै तिहारका समयमा यात्रुहरुको चाप वढी भए संगै क्षमताभन्दा बढी यात्रु बोक्नुका साथै मापसे गर्ने भएकाले भिमदत्त राजमार्गमा संचालनहुने यातायातका सवारी साधनको चेकजाँचमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका ईन्चार्ज श्याम बोहराले बताउँनु भयो ।
चेकजाँच काक्रममा सार्वजनिक यातायातका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने यातायातका सवारी साधनलाई कारवाहीगर्नुका साथै यात्रु र चालकलाई सम्झाई बुझाई छोड्ने गरिएको छ । यसैगरी ट्राफिक प्रहरीले दिन र रातीको समयमा समेत पापसे र लापसे चेकजाँचलाई बढाएको छ ।
डडेल्धुराको स्याउलेमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला सवारी दुर्घटना न्युनिकरण गर्ने उदश्यले भिमदत्त राजमार्गमा संचालन भईरहेका वस, जिप, ट्रक, सहित अन्य यातायातका सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
चाड पर्व शुरु भए संगै बिषेश गरी तराईका जिल्ला बाट पहाडि जिल्ला आउँने यात्रुहरुको चाप बढेको छ । अन्य समया भन्दा चाडपर्वका बेला भिमदत्त राजमार्गमा यातायातको चाप दोब्बरले बढेको छ । यस्तै चाडपर्वका बेला सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु बोको पाईएको यातायात व्यावसायका निमित्त प्रमुख कृष्ण दत्त भटटले बताउनु भएको छ ।
सुदुरपश्चिका पहाडि जिल्लाको प्रमुख राजमार्गका रुपमा रहेको भिमदत्त राजमार्गमा अहिले दैनिक एक हजार भन्दा बढी यातायातका सवारी साधन संचालन भईरहेको ट्राफिक प्रहरीले स्याउलेले जनाएको छ ।