दशैँको सातौ दिन, फुलपाती डडेल्धुरामा पनि भित्र्याईयो

डडेल्धुरा ।  नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, घर–घरमा भित्र्याएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व डडेल्धुरामा पनि घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
यस्तै डडेल्धुरामा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको श्रीअर्जुनबाण गण दह व्यारेक डडेल्धुराका गण पति उज्जल थापा र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिधिपुर्वक पुजापाठ गरि फूलपाती भित्र्याएका हुन ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ ।

हिन्दु परम्परा अनुसार देशैभरी आजनै फुलपाती भित्र्याउने गरिन्छ । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गा पूजा गरेको ठाउँमा फुलपाती भित्याउने चलन छ ।

यस्तै डडेल्धुरामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन ।
अर्जुनबाण गण दह व्यारेक डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराले सयुक्त रुपमा जिल्ला सदरमुकामा रहेको टुडिखेलमा शास्त्रीय विधिअनुसार पूजा गर्दै आआफ्नो कार्यालयको दसैँ घरमा फूलपाती भित्र्याएका छन ।

Loading...