दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

डडेल्धुरा । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ ।

यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । परम्पराअनुसार दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ भने लगाइदिने मान्यजन पश्चिम फर्किनुपर्छ  बताएको छ ।
समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार दक्षिणतर्फ फर्किएर टीका लगाउने चलन राम्रो मानिँदैन, किनभने दक्षिण पितृकर्मसँग मात्र सम्बन्धित छ ।

कतिपयले चन्द्रमा हेरेर पनि टीकाको दिशा निर्धारण गर्ने गरेपनि सामान्यतया पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो।

काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने व्यवस्था छ ।

Loading...