शिवनाथ मेलाबाट फर्किने क्रममा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

बैतडी । शिवनाथ धाममा लागेको मेलाबाट फर्किने क्रममा बैतडीको मेलौली नगरपालिका- ७ स्वाखानीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गयराती से १ ज ७३२ नम्बरको बालेरो जीप दुर्घटनामा हुँदा मेलौली नगरपालिका- २ दुर्गास्थाना स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, बैतडीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनकाे उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।
घाइते हुनेमा जीप चालक दरशथचन्द नगरपालिका- ७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली नगरपालिका– २ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका ३४ वर्षीय छोरा हरि पाण्डेय र अर्का छोरा २८ वर्षीय ओमप्रकास पाण्डेय रहेका छन् । जीप चालक बाहेक मृतक र घाइते सबै एकै परिवारका रहेको प्रहरीकाे भनाई छ । घाइते गाडी चालक जनकराज बडु बाहेक अन्य तीन जनाको अवस्था सामान्य मध्यम रहेको बुझिएको छ । चालक बडुको टाउकोमा चोड छ । घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको  जिल्ला कार्यालय बैतडीका इन्सपेक्टर बडुले बताएका छन ।

उनका अनुसार जीप सडकबाट करिब १० मिटर तल खसेको र  दुर्घघनाको कारणबारे अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

Loading...