डडेल्धुरामा गणकहरूको सीप अभिवृद्धि तथा तथ्यांक संकलन कार्यलाई अझ प्रभावकारी बनाउनका लागि क्षमता विकास तालिम सुरु भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको समग्र विश्लेषण सहितको पालीका स्तरीय अपांगङ्गता प्रोफाईल निर्माण सम्बन्धमा क्षमता विकास तालिमको आयोजना गरिएको हो ।
उक्त तालिममा स्थानीय तहका गणकहरूलाई तथ्यांक संकलनका विधि, फर्म भर्ने तरिका, मोबाइल एप प्रयोग, र तथ्याङ्क व्यवस्थापन प्रणालीका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गर्न दुई दिने तालीम सुरु भएको छ । तथ्यांक संकलन कार्यलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन गणकहरूको लागि क्षमता विकास तालिम सुरु गरिएको हो ।

तालिममा सहभागीहरूलाई तथ्याङ्क संकलनको समयमा ध्यान दिनुपर्ने आचारसंहिता, गोपनीयता मापदण्ड, र रिपोर्टिङका नयाँ प्रविधिहरू सम्बन्धी जानकारी पनि दिइएको आयोजाकको भनाई छ ।
गणकहरूको लागि २ दिने क्षमता विकास तालिमको अध्यक्षता हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत बहादुर सार्कीले गरेको थिए । कार्यक्रमको प्रमुख अतिथि गन्यापधुरा गाउपालीकाकी उपाअध्यक्ष ज्ञानु सेठी देउवाले बोल्दै गणकहरूको दक्षता र लगनशीलता नै तथ्यांकको विश्वसनीयता र योजनाको आधार हो ।
उनले भनिन तालिमका प्रशिक्षकहरूले सहभागीलाइ तथ्यांक संकलनमा देखिने सामान्य चुनौती र तिनका समाधानका उपायहरूबारे विस्तृत जानकारी दिने र सहभागीहरूले तालिमपछि तथ्यांक संकलनमा आफ्नो दक्षता र आत्मविश्वास दुवै बढाउनु पर्ने उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै अजयमेरु गाउपालीकाकी उपाअध्यक्ष बसन्ति पालले गणकहरूको दक्षता बढ्दै गएमा तथ्यांक संकलनको गुणस्तर उच्च हुनेछ, जसले नीति निर्माण र योजनामा ठोस आधार प्रदान गर्ने उपाअध्यक्ष पालको भनाई छ ।

दुईदिने तालिममा (सहभागी संख्या २२ जना गणकहरूको सहभागिता रहेको थियो । उक्त तालिममा गणकहरूलाई तथ्यांक संकलनका नयाँ प्रविधि, डेटा इन्ट्री र व्यवस्थापन प्रणाली, मोबाइल एप प्रयोगका तरिका, तथा तथ्यांक गोपनीयता सम्बन्धी मापदण्डका विषयमा व्यावहारिक प्रशिक्षण लिएपछि गणकहरूको कुनैपनि समस्या बारे डेटा इन्ट्री गर्न सहज हुने र तालिमका सहभागीहरुले प्रशिक्षण पछि गन्यापधुरा गाउपालीका र अजयमेरु गाउपालीकाका गणकहरूको डेटा संकलन गर्ने र्सबागण अपागं विकास समाज कैलालीका अध्यक्ष नन्दराज भट्टले बताउनु भएको छ ।
गणकहरूको दक्षता बढ्दै गएमा तथ्यांक संकलनको गुणस्तर उच्च हुनेछ, जसले नीति निर्माण र योजनामा ठोस आधार पुग्ने उनको भनाई छ । गणकहरूको लागि २ दिने क्षमता विकास तालिममा गन्यापधुरा गाउपालीका १२ र अजयमेरु गाउपालीकाकमका १० सहभागी रहेका थिए ।