डडेल्धुुरामा विश्व हिन्दू परिषद् नेपालले बुझायो ज्ञापनत्र

 

डडेल्धुुरा । डडेल्धुरामा विश्व हिन्दू परिषद् डडेल्धुराले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल–भारत खुला सीमा तथा क्षेत्रीय सुरक्षा परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा सीमा सुरक्षालाई कडाइका साथ सुदृढ गर्नुपर्ने माग गर्दै विश्व हिन्दू परिषद् डडेल्धुराले जिल्ला प्रसाशन डडेल्धुुरामा ज्ञापनत्र बुझाई सरकारको ध्यानाकर्षण गराएको हो।


विश्व हिन्दू परिषद् नेपालले देशै भरि अवैध घुसपैठबाट उत्पन्न राष्टिय सुरक्षा जोखिम हुन सक्ने भन्दै आपतकालीन ध्यानाकर्षण गराएको छ ।

विभिन्न जिल्लाबाट प्राप्त भौगोलिक तथा जनसांख्यिक परिवर्तनसम्बन्धी सूचनाले सम्भावित अवैध आवतजावत बढ्न सक्ने संकेत गरेको भन्दै सम्बन्धित निकायलाई सतर्कता आवश्यक रहेको ध्यानाकर्षण पत्रमार्फत बताइएको छ।

विश्व हिन्दू परिषद्ले सीमा निगरानी तथा स्क्रिनिङ प्रक्रिया कडा पार्न आग्रह गरेको छ। यस्तै, अवैध रूपमा बसोबास गरेका व्यक्तिको पहिचान र कानुनी प्रक्रिया अघि बढाउन, नेपाललाई अवैध गतिविधिको आश्रयस्थल बन्न नदिन नीतिगत तथा व्यवहारिक कदम तत्काल लागू गर्न, जनसंख्या तथा बसोबाससम्बन्धी वास्तविक तथ्यांक छानबिन गर्न माग गरिएको छ। ध्यानाकर्षण पत्रमा सामाजिक सद्भाव, स्थायित्व र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै राज्य संयन्त्रबीच समन्वय बढाउन आग्रह गरिएको छ।

 

Loading...