डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते

डडेल्धुराबाट  काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना भएकाे छ । बस दुर्घटना  हुँदा २२ यात्रु घाइते भएका छन् ।
ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।

दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । बसमा ३८ जना सवार थिए ।

बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए । यता दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले बताए ।

Loading...