डडेल्धुरा – डडेल्धुरा स्थित उग्रतारा वेद विद्याश्रममा शारदा सुदर्शन फाउण्डेसन, काठमाडौँले बिहीबार कपडा वितरण गरेको छ । फाउण्डेसनकी अध्यक्ष डा. सुधा देबकोटाले आफ्ना दिवंगत बुवा स्व. सुर्दर्शन देबकोटाको जन्मदिनको अवसर पारेर विद्याश्रममा अध्ययनरत बटुक तथा गुरुहरूलाई कपडा वितरण गरेकी हुन । फाउण्डेसनले विद्याश्रममा रहेका ३४ जना बटुक र ७ जना गुरु गरी कुल ४१ जनालाई ट्र्याकसुट वितरण गरेको हो । स्व. बुवाको स्मृतिमा जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै वेद विद्याश्रमका बटुक र गुरुहरूलाई कपडा दान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको अध्यक्ष डा. देबकोटाले बताइन ।

यस्तै फाउण्डेसनका कार्यकारी निर्देशक तेजकुमार बास्तोलाले सानो सहयोगले पनि विद्याश्रमलाई केही राहत पुग्ने विश्वासका साथ कपडा दान गरिएको बताएका छन । निर्देशक बास्तोलाले भने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको शारदा सुदर्शन फाउण्डेसनले यस वर्ष वेद विद्याश्रमका बटुक र गुरुहरूलाई लुगा दान गर्न पाउदा ‘खुसी व्यक्त गरेको गरे ।

स्व. बुवा सुर्दशन देवकोटाको स्मृतिमा आयोजित उक्त कार्यक्रममार्फत डा. देवकोटाले धार्मिक अध्ययनमा संलग्न बटुकहरूको दैनिकीलाई सहज बनाउने उद्देश्य चिसो मौसमलाई ध्यानमा राख्दै बटुकहरूको आवश्यकता अनुसार ट्र्याकसुट वितरण गरिएकोमा विद्याश्रमका गुरुहरूले फाउण्डेसनप्रति धन्यवाद व्यक्त गरेका छन ।

