डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका वडा नम्बर ५ बसपार्क नजिकै रहेकाे अनुग्रह बप्तिसस मण्डलीले यस वर्षको क्रिसमस डे हर्षोल्लासका साथ मनाएको छ ।

येशू ख्रीष्टको जन्म दिवसको अवसरमा मण्डली परिसरमा विशेष प्रार्थना सभा, नाचगान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा अमरगढी नगरपालिका ५ का अध्यक्ष टंकबहदुर क्षेत्री नेपाली काग्रेसका महा अधिवेशन प्रतिनिधि सन्तोष जैरु लगाएका अन्य सहभागीता रहेकाे थियो ।

सहभागी वक्ताहरूले प्रेम, शान्ति, करुणा र मानव सेवाको सन्देश फैलाउन येशू ख्रीष्टको शिक्षाले महत्वपूर्ण भूमिका खेलेको बताए । क्रिसमसले आपसी सद्भाव, सहिष्णुता र भाईचारा बढाउन प्रेरणा दिने उनीहरूको भनाई थियो ।

मण्डलीका अगुवाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैले एक–अर्कालाई माया र सम्मान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा बालबालिकादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता रहेको थियो ।