प्राइम कमर्सियल बैंक धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा समुद्घाटन

 

धनगढी ११ पुष । प्राइम कमर्सियल बैंकको धनगढी शाखा र सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयको धनगढीमा एक समारोहका बीच समुद्घाटन भएको छ ।

धनगढी शाखा तथा सुदूरपश्चिम र कर्णाली प्रदेश शाखाको उद्घाटन समारोहको प्रमुख अतिथि पद्मा अस्पताल , पद्मा नर्सिङ कलेजका संस्थापक सफल उद्यमी गजेन्द्रवीर चन्द थिए ।

नयाँ स्थानमा बैङ्कले आधुनिक सुविधा, पर्याप्त पार्किङ र सुरक्षित वातावरणको व्यवस्था गरेको छ । समारोहमा बैङ्कले गरेको सुविधा व्यवस्थाले ग्राहकहरूलाई छिटोछरितो र आरामदायी सुविधा प्रदान गर्न मद्दत पुग्ने बैंकका प्रदेश प्रमुख ईन्द्रप्रसाद गुरागाईँले बताए ।

धनगढीको मध्य केन्द्र मेनरोडमा कार्यालयको स्थापना गरेको कदमको ग्राहकहरूले स्वागत गरेका छन । कार्यक्रमका बीच स्थानीय ग्राहकले पहिलेको ठाउँमा भीडभाड र पार्किङको समस्या थियो अब नयाँ ठाउँमा सरेपछि सेवा लिन सहज हुने भने ।

Loading...