अर्जुनवाण गण दहव्यारेक डडेल्धुराद्वारा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

डडेल्धुरा । अर्जुनवाण गण दहव्यारेक, डडेल्धुराले बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।,


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शैक्षिक तथा ज्ञानवर्धक कार्यक्रम आयोजना गरी  बडामहाराजधिराज  पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाएको छ ।  जन्म जयन्ती अवसरमा गणको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।


नेपालका राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको जीवन, योगदान, नेपाल एकीकरणको इतिहास, राष्ट्रिय एकता, देशभक्ति तथा समसामयिक विषयवस्तु समेटेर आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा जिल्लामा रहेका विद्यालय महेन्द्र मा.वि, विर बलभद्र,मा.वि. सरस्वति मा.वि, घटाल मा.वि, क्याम्रिज पब्लिक स्कुल र माउन्टे ईङलिस स्कुल गरि ६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै बौद्धिक क्षमता प्रस्तुत गरेका थिए ।


अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा क्याम्रिज पब्लिक स्कुल प्रथम, घटाल माध्यमिक विद्यालय दोस्रो र सरस्वती माध्यमिक विद्यालय बोगटा तेस्रो भएका थिए । प्रथम, दोस्रो र तेस्रो विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै श्री अर्जुनवाण गण दहव्यारेक डडेल्धुराका गणपती उज्जल थापाले राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै नेपाली इतिहास, राष्ट्रिय एकता र देशप्रतिको जिम्मेवारीबोध गर्दै विभिन्न साना–साना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपालको आधार निर्माण गरेको उल्लेख गरे । उहाँहरूले पृथ्वी जयन्ती राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षणका लागि सबैले आत्मसात् गर्नुपर्ने महत्वपूर्ण रहेको गणपती थापाले बताए ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रतिको सम्मान गर्दै स्थानीय स्तरमा सैनिक निकाय र शैक्षिक संस्थाबीच सहकार्य गरी आयोजना गरिने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै राष्ट्रप्रेमको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने शिक्षक राजेन्द्र प्रशाद भटटको भनाई छ ।

अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ऐतिहासिक अमरगढी किल्लामा भएको थियो । हाजिरीजवाफ प्रतियोगितामा नि.प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओली, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुण बहादुर सिह, ससत्र प्रहरी बलका प्रमुख लगाएत शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

 

Loading...