डडेल्धुरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य वृद्धि भएपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको हो ।
निगमका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ ।
