कैलालीमा टिपर र मोटरसाइकल ठोक्किदा एक मृत्यु एक जना घाइते

धनगढी । कैलालीको गोदावरी र चुरे गाउँपालिकाको सीमाना भीमदत्त राजमार्गमा टिपर र मोटरसाइकल ठिक्किदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन ।

सोमवार खानीडाँडा पिकनिक पार्क नजिक भएको दुर्घटनामा मोटराइकल सवार धनगढी-४ बोराडाँडी घर भएका ५५ वर्षीय शिव बमको ज्यान गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनामा मोटरसाइकल सवार यम बम घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट चुरेतर्फ गइरहेको मधेश प्रदेश ००३-००१क ३११७ नाम्बर टिपर तथा बाग्मती प्रदेश ०२- ०३५प ३८०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सोमवार बिहान पौने एघार बजे दुर्घटना भएको प्रहरीले जनाकारी दिएको छ ।

घटना लगत्तै घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा ५५ वर्षीय बमको मृत्यु भएको तथा यम बमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। डडेल्धुराको अमरगढी-१ घर भएका टिपर चलाक हिक्मत दियाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

Loading...