गर्मी बडे सगै सेती अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।

अस्पतालका  अनुसार अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजार ८०० सम्म पुगेको छ । प्रदूषणका बढेकाले अनावश्यक बाहिर ननिस्किन अस्पतालले अनुरोध गरेको छ ।  आकस्मिक कक्षमा बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ ।

अस्पतलाको ओपिडी, डाइलासिस, बिमामा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सूचना अधिकारी श्रेष्ठले अझै बिरामीको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । यसका लागि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन लागि परेको उहाँले बताउनुभयो । सीमित स्रोतसाधनको बावजुत अस्पतालले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

सेती प्रादेशिक अस्पतालमा कैलाली, कञ्चनपुरलगायत सुदूरका पहाडी जिल्लाबाट नागरिक उपचार गर्न आउने गरेका छन ।

 

Loading...