माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुलमा कलाकौशल, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुलले कलाकौशल विज्ञान प्रदर्शनी, फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । माउन्टेन माविले विज्ञान तथा प्रविधियुक्त युग सुहाउँदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन–अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक कला, विज्ञान तथा प्रविधिको प्रदर्शनी गरेको हो ।
उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले फूड फेस्टिवलमा राखिएका खानेकुराहरु विद्यार्थीले स्टलमार्फत विक्रीसमेत गरेका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सामग्री, सिर्जनात्मक कलाकृति तथा शैक्षिक परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र प्रतिभा झल्किने विभिन्न नमूनाहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास राज्यमन्त्री सरस्वती खडका रहेकी थिइन । उनले विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सिर्जनात्मक कलाकृति तथा शैक्षिक परियोजनाहरू प्रदर्शनीमा राखिएका सामग्रीहरूको अवलोकन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे आत्मविश्वास र व्यवहारिक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने राज्यमन्त्री खडका बताइन ।
उनले वैज्ञानिक र व्यावहारिक शिक्षामा जाेडदिनु आजकाे आवश्यकता रहेकाे बताएकी छन ।

विद्यालयले पढाइसँगै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने किसिमका गतिविधि आयोजना गरेकोमा खुसी व्यक्त गरेका छन । यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै नयाँ कुरा सिक्ने अवसर मिल्ने अभिभावक गोविन्द खडायतको भनाइ छ ।

विद्यार्थीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीे चित्रकला तथा विज्ञान र प्रविधिको अभिभावक खडायत प्रसंन्सा गरेका छन ।
प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको थियो । २१ औं शताब्दीको शिक्षा विज्ञानसंग जोड्न सकिएन भने त्यो शिक्षा सार्थक नहुने र यस्तो विज्ञान प्रर्दशनीले विद्यार्थीहरुको ज्ञान र क्षमतामा बृद्धि हुने र कक्षागत पढाइसँगै व्यावहारिक ज्ञानमा जोड दिँदै विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल महेश महरा बताएको छ ।

प्रदर्शनीमा रोबोटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषय वस्तुलगायत मनोरञ्जनात्मक सामग्रीसमेत राखिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, लगायतका विविध सांस्कृतिक प्रस्तुति रहेका थिए भने अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।