डडेल्धुरा । जिल्ला सदरमुकाम अमरगढी नगरपालीका २ गेटा आखा अस्पताल नजिकै तिनवटा जनचेतनामूलक डेमो प्रदर्शन गरिएको छ । अमरगढी नगरपालीका १ मा रहेको अर्जुनबाण गण दहव्यारेकले दुर्घटना न्यूनीकरण तथा उद्धारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष डेमो कार्यक्रम प्रदर्शन गरेको हो ।

अर्जुनबाण गण दहव्यारेकले आयोजना गरिएको डेमो प्रदर्शन कार्यक्रममा प्रमुख अथिति बिष्णु प्रसाद कोईराला अर्जुनबाण गण दहव्यारेकका गण पति प्रलाद थापा लगाएत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा सवारी दुर्घटना हुँदा अपनाउनुपर्ने सावधानी, घाइतेको तत्काल उद्धार गर्ने तरिका तथा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास प्रस्तुत गरिएको थियो ।

डेमोका क्रममा सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सचेतना अत्यावश्यक रहेको भन्दै डेमो कार्यक्रम प्रदर्शन गरेको थियो । साथै, दुर्घटना भएलगत्तै प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न सकिएमा मानवीय क्षति कम गर्न सकिने सन्देश दिइएको अर्जुनबाण गण दहव्यारेकका सह सेनानी सबिन बोहराको भनाई छ ।

बाढीपहिरो र सडक दुर्घटना जस्ता भै परि आउने विपदका घाइतेहरूको उद्धार तथा प्राथमिक उपचार छिटो कसरी गर्ने सकिन्छ भन्ने उद्देश्यले डेमोमार्फत जनचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारीे बिष्णु प्रसाद कोईरालाको भनाई छ । विभिन्न किसिमका विपद् तथा सवारी दुर्घटनालाई सहजरूपमा अवतरण गर्न सकियोस भन्ने उद्देश्यले डोमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारीे कोईरालाले बताए छन ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले भने, “यस्ता कार्यक्रमले हामीलाई दुर्घटना भएको बेला के गर्ने भन्ने व्यवहारिक ज्ञान दिन्छ । यसले हाम्रो आत्मविश्वास पनि बढाएको छ । यस्ता कार्यक्रमले स्थानीय तहमा सुरक्षा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयले लिइएका छन ।

यस्तै डेमो प्रदर्शन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ,सशस्त्र प्रहरी बल नेपाल न.५२ गुल्म हे.क्वा,डडेल्धुरा जिल्ला ट्राफिक प्रहरी स्याउले डडेल्धुरा अस्पताल, नेपाल रेडक्रस सोसाइटीे डडेल्धुरा लगाएत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
