डडेल्धुरामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न, शान्ति सुरक्षामा सहकार्य बढाउने प्रतिबद्धता

डडेल्धुरा । डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध न्यूनीकरण गर्ने तथा प्रहरी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, शिक्षक नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन, घरेलु हिंसा, बालअपराध तथा साइबर अपराधजस्ता चुनौतीहरूको सामना गर्न समुदाय र प्रहरीबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुण बहादुर सिहले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले मात्र सम्भव नहुने उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताए । उनले नागरिकसँग नजिक रहेर काम गर्ने नीति अनुरूप यस्ता कार्यक्रमहरू सञ्चालन गरिएको स्पष्ट पार्दै कुनै पनि आपराधिक गतिविधि वा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह पनि गरे ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रममा बोल्दै साहेक प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्थानीय तहमा सचेतना अभिवृद्धि, अपराध रोकथाम, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा समेत सकारात्मक प्रभाव परेको साहेक प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

यस्तै कार्यक्रममा अमरगढी नगरपालीकाका उपमेयर पार्वती झुकालले साइबर सुरक्षा, लागूऔषधको दुष्प्रभाव, महिला तथा बालअधिकार लगायतका विषयमा प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गदै आईरको र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताईन ।

कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिह भन्डारीले यस्ता कार्यक्रमले प्रहरीप्रति विश्वास अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने बताएका छन ।

उनले समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भन्डारीको भनाई छ ।

 

Loading...