डडेल्धुरा । कैलाली जिल्लाको बौनियामा प्रादेशिक निरंकारी नारी सन्त समागम भव्य रूपमा सम्पन्न भएको छ ।
आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ठूलो संख्यामा सन्त तथा भक्तजनहरूको सहभागिता रहेको थियो । जसको भक्ति जसको पुजा उसको ज्ञान जरुरी छ । भन्छन हरदेव पहिला ईश्वरलाई जान्न जरुरी छ । भन्ने मुल नाराका साथ प्रादेशिक निरंकारी नारी सन्त समागम कैलालीको बौनियामा सम्पन्न हो ।

निरंकारी नारी सन्त समागममा प्रमुख अतिथि तथा ज्ञान प्रचारक आदरणीय महात्मा डा. रिटा यादवले निरंकारी मिशनले आफ्नो स्थापनाकालदेखि नै संसारका मानवलाई एउटै सन्देश दिइरहेको छ । यो संसारको मालिक एउटै निराकार परमात्मा रहेको छ । हामी सबै त्यसैका सन्तान हौं । यहाँ कोही सानो–ठूलो, कालो–गोरो, धनी–गरीब, जात–भात, धर्म, रहन–सहन आदिमा कुनै भेदभाव रहेको छैन । आज मानवले यही भेदभावका आधारमा संसारलाई बाँडिरहेको छ र त्यसैमा आफूलाई भुलाइरहेको ज्ञान प्रचारक महात्मा डा. रिटा यादवको भनाई छ ।

समागममा सहभागी सन्तहरूले मानव जीवनमा आत्मज्ञान, सेवा र सद्भावको महत्वबारे बताएका छन । उनीहरूले सतगुरु बिना ज्ञान संम्भव छैन ज्ञानले नै समाजमा सकारात्मक सोच,सहिष्णुता र एकताको सन्देश फैलाउ छ ,आध्यात्मिक चेतना अभिवृद्धि गर्छ आज सत्गुरु माताजीले किन्तु परन्तु जस्ता यी भेदभावका खाडलहरू पुरेर विश्वका मानवलाई एक परिवारका रूपमा अँगाल्दै तिनीहरूमा भाई चारा माया–प्रेमको भावना जागृत गराइरहनुभएको सहभागी सन्तहरूको भनाई छ ।
समागममा सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट हुन या बाहिर जिल्लाबाट आएका सन्त भक्तहरूले भजन–कीर्तन, प्रवचन तथा कवितबाट आनन्द लिईरहेका थिए ।

यस्तै कैलालीको बौनियामा समापन भएको निरंकारी नारी सन्त समागममा सेवा गरेको बिभिन्न व्यक्तिहरलाई सम्मान गरिएको थियो । सम्मान गर्दै निरंकारी मिसनका नेपाल प्रभारी अध्यक्ष नरबहादुर रावलले सबैलाई धन्याद दिदै मानव जीवनमा आत्मज्ञान, सेवा र सद्भावको महत्वबारे बताएका दिएका थिए । उनले समाजमा सकारात्मक सोच, सहिष्णुता र एकताको सन्देश फैलाउन जरुरी छ ईश्वरलाई पहिला जान्नुछ अनि मान्नु छ , अनि मात्रै मनमा शान्ति र ऊर्जा थपिन्छ यस्तै अध्यक्ष रावलले निराकार परमात्मा बिना कानले सुन्ने, बिना आँखाले देख्ने, बिना आवाजले बोल्ने हुनुहुन्छ, जसको अनुभूति आज ब्रह्मज्ञानको माध्यमबाट सत्गुरुले संसारका मानवलाई गराइ रहनुभएको उनको भनाई छ । नेपालमा पहिलो पटक भएको नारी समागममा हजारौ सन्त भक्तहरको उपस्थिति रहेको थियो ।
