काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पित्त थैलीमा रहेको पत्थरी निकाल्ने सल्यकृयाको उपचार पुरा गरी आज साँझ शिक्षण अस्पताल महारजगञ्जबाट डिस्चार्ज भएर घर जादै हुनु हुन्छ । अहिले अस्पतालमा उहाँलाई डिस्चार्ज गर्ने प्रकृया भई रहेको छ अहिले उहाँलाई भेट्न महासचिव शँकर पोखरेल, सचिव भानुभक्त ढकाल, नेता बिष्णु रिमाल अस्पताल पुग्नु भएको छ ।
अहिले उहाँलाई लिन नेकपा एमाले सम्बद्द कार्यकर्ताहरु अस्पताल परिसरमा भेला भई रहेका छन । चिकित्सकको सल्लाहअनुसार घरमै आराम गर्ने गरी आज डिस्चार्ज गर्ने नेकपा एमाले नेता पासाङ शेर्पाले जानकारी दिनुभयो