डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २०८२ चैत महिनाको उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सेवाप्रवाहलाई प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै मंगलबार एक कार्यक्रमका बीच कम्प्युटर अपरेटर मनोज बहादुर चन्दलाई सम्मान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोईरालाले कर्मचारीको मेहनत, इमान्दारिता र अनुशासनले कार्यालयको छवि अझ सुदृढ बनाएको उल्लेख गर्दै सम्मान गरिएको बताए ।
उनले सेवा प्रवाहमा देखिएको सुधार कर्मचारीको समर्पणकै परिणाम भएको बताउँदै आगामी दिनमा पनि यस्तै सक्रियता कायम राख्न कर्मचारी आग्रह गरे ।
सम्मानित कम्प्युटर अपरेटर चन्दले आफूलाई गरिएको सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन । उनीले नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा दिन सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन ।