साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लिमिटेड, मनहरीको २८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।


बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सहकारीको प्रगति, वित्तीय सुदृढीकरण तथा कृषकहरूको सशक्तीकरणका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कृषक तथा सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो। सहकारी संस्थाले विगत वर्षहरूमा गरेको प्रगति, सदस्य विस्तार तथा कृषि क्षेत्रमा पुर्‍याएको योगदानलाई अतिथिहरूले सराहना गरेका थिए ।


संस्थाका पदाधिकारीहरूले आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीका सदस्यहरू, कृषक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Loading...