नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन सम्पन्न

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन शुक्रबार हेटौँडामा सम्पन्न भएको छ ।
हेटौँडा–१ स्थित राेयल पार्टी प्यालेस हेटौंडा ४ मकवानपुरमा   आर्योजित अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको थियाे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुकभित्रै रोजगारी तथा उद्यमको वातावरण सिर्जना गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । यातायात क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्या समाधान, सेवाको गुणस्तर अभिवृद्धि तथा व्यवसायीमैत्री नीतिको निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
यस्तै संघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका चुनौती, सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार, सडक सुरक्षा, नीति–नियमको प्रभावकारी कार्यान्वयन तथा व्यवसायीका हकहित संरक्षणलगायत विषयमा छलफल हुने बताएका छन ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधि, सामाजिक व्यक्तित्व, पत्रकार तथा नारायणी क्षेत्रका यातायात व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संघका अनुसार अधिवेशनले आगामी कार्ययोजना, संस्थागत विकास तथा व्यवसायीहरूको हित संरक्षणका विषयमा आवश्यक निर्णयसमेत गर्ने छ । कार्यक्रममा सहभागीहरूले नारायणी क्षेत्रको यातायात व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

Loading...